Saturday, April 9, 2016

मृगौला फेल हुने कारण र लक्षणहरू यस्तो पो रहेछ


मृगौला फेल हुने कारण र लक्षणहरू यस्तो पो रहेछ

वंशाणुगत
मधुमेह
उच्च रक्तचाप
पिसाब सम्बन्धी समस्या
पाठेघर खस्नु
मृगौलामा पत्थरी, ट्युमर
प्रोस्टेटको आकारमा बृद्धि
जन्मजात पिसाब नलीमा खराबी
रगतमा दूषित पदार्थको प्रवाह
लामो समय पेनकिलरको प्रयोग
शरीरमा पानीको कमी ।

मृगौला फेलका लक्षणहरू
 शरीर दुब्लाउँदै जाने

शरीरका विभिन्न अङ्ग सुन्निने
पिसाब कम हुने र पोल्ने
पिसाबमा रगत देखिने
क्षणक्षणमा पिसाब भइरहने
थोरै हिँड्दा पनि थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
कोखा दुख्ने, ज्वरो आउने
खानामा रुचि घट्ने
¬– पिँडौलाको मासु फर्किने
वाकवाकी लाग्ने
छाला सुख्खा हुने र चिलाउने
उच्च रक्तचाप हुने
रगतको मात्रा कम हुँदै जाने
महिनावारी समयमा नहुने
यौन रुचि घट्दै जाने
प्रजनन दरमा कमी आउने
ढाड र कम्मर दुख्ने
 कसरी हुन्छ प्रत्यारोपण ?
 मृगौला फेल भएपछि कि त नियमित डाइलसिस गराइरहनुपर्छ कि त मृगौला प्रत्यारोपण । यी दुई बाहेक अन्य विकल्प रहँदैनन् । मृगौला फेल भएका मानिसका लागि स्वस्थ मानिसका दुई वटामध्ये एउटा मृगौला झिकेर प्रत्यारोपण गरिन्छ । त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिस्ट डा. शाह भन्छिन्, ‘स्वस्थ मान्छेका दुई वटा मृगौलामध्ये शल्यक्रिया गरी एउटा मृगौला निकालिन्छ र त्यो मृगौला प्रत्यारोपण गर्ने व्यक्तिको दायाँ वा बायाँ साँप्राको माथि सानो पकेटबनाएर राखिन्छ । त्यो पकेटलाई बाहिरबाट छालाले छोप्ने गरी सिलाइएको हुन्छ ।  जसमा दुई वटा धमनी र आर्टरीको कनेक्सनसमेत गरिएको हुन्छ । जुसलाई बाहिरबाट छाम्दा समेत सजिलै महसुस गर्न सकिन्छ ।
 मृगौला प्रत्यारोपण सजिलै हुने भए पनि प्रत्यारोपण अघिको प्रक्रिया एकदमै झन्झटिलो र अव्यावहारिक छ । मृगौला प्रत्यारोपणका लागि नेपालको कानुनले नै केही कठिनाइ सृजना गरिदिएको छ । २०५५ सालमा आएको कानुनमा अङ्ग दान गर्नका लागि बुबाआमा, दाजुभाई, छोराछोरी, दिदीबहिनी, श्रीमान्श्रीमती र काकाकाकीलाई मात्रै छुट गरिएको छ । त्यसैगरी, दुर्घटना परी मृत्यु (दिमाख मात्रै मरेको अवस्था) भएका तर अन्य अङ्गले काम गरेको अवस्थामा ती व्यक्तिको परिवारसँग स्वीकृति लिएर दुवै मृगौला झिकी दुई जनालाई प्रत्यारोपण गर्न सकिन्छ । त्यसरी झिकेको मृगौला बढीमा ४८ घन्टाभित्र प्रत्यारोपण गरिसकेको हुनुपर्छ ।
 मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानुनबारे डा. काफ्ले भन्छन्, ‘२०५५ सालमा बनाइएको कानुन एकदमै अव्यावहारिक छ । अधिकांश व्यक्तिको मृगौला फेल हुने भनेको वंशाणुगत रोगका कारण हो । बाबुलाई मधुमेह वा उच्च रक्तचाप छ भने, सम्पूर्ण सन्तानलाई पनि हुन सक्छ । यदि, ती बाबुलाई मृगौला प्रत्यारोपण गर्नुप¥यो भने सन्तानले चाहेर पनि आफ्ना बाबुलाई मृगौला दान गर्न पाउँदैनन्,’ डा. काफ्लेको तर्क छ, बिरामीका साथी वा टाढाको आफन्तले मृगौला दान दिन किन नपाउने ?’

No comments:

Post a Comment