सास गन्हाउने समस्या छ ?यस्ता छन्
घरेलु समाधानका उपाए ।
सास
गन्हाउने समस्या वाट धेरै मान्छे पिडित हुन्छन् । सास गन्हाउने समस्या भएका मान्छे
अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था र्सिजना हुन सक्छ
। अरु व्याक्तिले पनि नराम्रो मान्ने हुदा निधक्क सँग अरुको संगत गर्न पनि गाह्रो
हुन्छ ।
यसो त सास
गन्हाउने समस्याको समाधाननै नभएको भने होइन । प्रसस्त पानी पिउने, नियमित दिनमा दुई चोटि खाना पछि दाँत माझ्ने, व्यायम र सन्तुलित भोजन गर्दा दातँ गन्हाउने समस्या बाट छुटकारा
पाउन सकिन्छ । त्यस बाहेक अरु पनि छन् यस समस्याका समाधानका उपाएहरु
१. धनियाको पात
भोजन पछि धनियाको पात चपाउने गर्नाले सास फ्रेस हुन्छ र
दुर्गन्ध हट्छ ।
२. पुदिना
पुदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो जुन मुखको दुर्गन्ध
हटाउन निकै प्रभावकारी भुमिका खेल्दछ । तर पुदिनाको पात नियमित सेवन आवश्यक पर्दछ
।
३.सुकमेल
भोजन पछि एक सुकमेलको गेडा खाने बानी बसाल्न जरुरत छ, यस समस्याको
समाधानको लागी एक गेडा सुकमेल करिब आधा घण्टा सम्म मुखमा राखेर विस्तारै चपाईरहनु
पर्ने हुन्छ ।
४.ल्वाङ
ल्वाङ सास गन्हाउने समस्याको औषधी नभएर अरु धेरै रोगको पनि औषधी
हो ल्वाङको प्रयोग दातको किरा मार्न र सर्दि भगाउन पनि निकै फाईदा जनक हुन्छ ।
५ अम्बा र अनार
अम्बाको मुन्टा (पात) र फल तथा अनारको फुल र फल ले रोग
प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै सास गन्हाउने समस्या बाट पनि छुटकारा
दिलाउछ ।
No comments:
Post a Comment