पत्थरी
हुनवाट कसरी जोगीने ? जानी राख्नुस् ।
बदलिँदो खानपान, पानीको कम सेवन
तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम
समस्या बन्दै गएको छ । उमेर छिप्पिएका धेरै मानिसहरु यो समस्याबाट ग्रसित छन्
हाम्रो देशमा ।
व्यस्त जिवनशैली, व्यायमको अभाव,वदलीरहने
खानपीन अनि पानीको कम सेवनवाट पत्थरी निम्तन सक्छ । विशेष गरि यो रोग उमेर ढल्किदै
गरेको मनिषमा बढि देखा पर्ने गरेको छ ।
मृगौलाले रगत छानेर पिसाब बनाउने क्रममा प्रायः
विभिन्न यौगिकका मणिभहरु पिसाबसँगै छानिन्छन् र ती मूत्रनली हुँदै पिसाबसँगै बाहिर
निष्कासन हुन्छन् ।
जब त्यस्ता विभिन्न लवणका क्रिस्टलहरुको आकार
ठूलो बन्दै जान्छ तब त्यस्ता पदार्थलाई मृगौलाले छान्न सक्दैन र ती मृगौलाका कोमल
तन्तुहरुमा फस्दछन् र पत्थरीको रुपमा विकाश हुन्छन् ।
यसरी मृगौलामा पत्थरी परिसकेपछि त्यसको उपचार
भनेकै त्यसलाई शल्यक्रिया गरेर फ्याँक्नु नै हो । त्यसैले पत्थरीको उपचार
गर्नुभन्दा पत्थरी पर्नै नदिनु राम्रो हुन्छ । पत्थरीबाट जोगिनका लागि खानपानमा
विशेष ध्यान दिनु आवश्यक हुन्छ । मृगौलाको पत्थरी रोक्ने केहि तरीका हरु यस्ता छन्
।
अक्जालेटयुक्त खाद्यपदार्थ कम सेवन गर्नुहोस्९
मृगौलाको पत्थरीमा क्याल्सियम अक्जालेट भन्ने यौगिक अत्यधिक हुन्छ । त्यसैले
अक्जालिक अम्लयुक्त खाद्यपदार्थ मृगौलाका लागि हानिकारिक हुने विज्ञहरु बताउँछन् ।
त्यस्ता अक्जालिक खाद्यपदार्थहरुमा पालुंगोको साग, चिया, चकलेट,
भटवासजन्य
पदार्थ तथा चुकन्दर लगायतका पर्दछन् ।
मासुजन्य प्रोटिन कम खानुहोस् जनावरको मासु तथा
अण्डामा पाइने उच्च प्रोटिनले मृगौलाको पत्थर बनाउने क्रिस्टलहरुलाई एकैठाउँमा
जम्मा हुन र थिग्रिन मद्धत गर्छ । पिसाबको अम्लपना बढ्ने र युरिक एसिडमा भएका
तत्वहरुको खण्डीकरण कम हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । प्रोटिनका
लागि मासु तथा अण्डा खानुभन्दा गेडागुडी खानु लाभदायी भएको वैज्ञानिकहरुको मत छ ।
कागती पानी वा सुन्तला मौसमको जुस नियमित रुपमा
पिउनुहोस् । यस्ता अमिलो फलफूलको सेवनले पत्थरको निर्माण हुनबाट रोक्दछ । तर
अंगुरको अत्यधिक सेवन भने जोखिमपूर्ण हुन्छ र यसले पत्थरीको जोखिम बढाउँछ ।
कफी कम पिउनुहोस् कफी तथा चियाको अत्यधिक
सेवनले मृगौलाको पत्थरीको जोखिम बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
गुलियो पेय पदार्थहरु कम पिउनुहोस् । बढि
गुलियो पेय पिउँदा त्यसले मृगौलमा पत्थरीको जोखिम बढाउँछ ।
बढि अम्लीय खाना नखानुहोस् । अम्लीय तथा
क्षारिय गुण भएका खाद्यपदार्थ सन्तुलित मात्रामा खानुपर्छ । खानामा हुने क्षारिय
तत्वले पत्थरीको जोखिम घटाउँछ ।
क्याल्सियम युक्त खाद्यपदार्थ खानुहोस् तर
क्याल्सियम चक्की वा औषधि होइन । हाम्रो खानामा पर्याप्त क्याल्सियमभ एन भने रगतमा
अक्जालेटको मात्रा बढ्न जान्छ र त्यसले मृगौलामा पत्थरीको जोखिम बढ्छ । त्यसैले
क्याल्सियम युक्त खाद्यपदार्थ जस्तै बदाम, ओखर सागपात जस्ता कुरा खानुहोस् । तर
क्याल्सियम पाउनका लागि क्याल्सियम चक्की वा अन्य सप्लिमेन्टको प्रयोग गर्नु
मृगौलाका लागि हानिकारक हुन्छ ।
प्रसस्त तरल पदार्थ पिउनुहोस् दिनमा कम्तिमा
पनि ८ गिलास पानी पिउनुहोस् । पानी प्रसस्त पाइने फलहरु जस्तै खरभुजा, सुन्तला
र सागपात प्रसस्त सेवन गर्नुहोस् ।
नून कम खानुहोस् मृगौलाको पत्थरी भएका
मानिसहरुलाई सोडियम भएका खाद्यपदार्थ कम खान सल्लाह दिइन्छ । पत्थरी भएकालाई मात्र
नभएर पत्थरी हुनबाट जोगिन चाहनेका लागि समेत नुन कम खानु उपयुक्त हुन्छ । नूनको कम
सेवनले मुटु तथा रक्तचाप सन्तुलनमा समेत सहयोग गर्छ ।
No comments:
Post a Comment