Saturday, April 9, 2016

मृगौला फेल हुने कारण र लक्षणहरू यस्तो पो रहेछ


मृगौला फेल हुने कारण र लक्षणहरू यस्तो पो रहेछ

वंशाणुगत
मधुमेह
उच्च रक्तचाप
पिसाब सम्बन्धी समस्या
पाठेघर खस्नु
मृगौलामा पत्थरी, ट्युमर
प्रोस्टेटको आकारमा बृद्धि
जन्मजात पिसाब नलीमा खराबी
रगतमा दूषित पदार्थको प्रवाह
लामो समय पेनकिलरको प्रयोग
शरीरमा पानीको कमी ।

मृगौला फेलका लक्षणहरू
 शरीर दुब्लाउँदै जाने

शरीरका विभिन्न अङ्ग सुन्निने
पिसाब कम हुने र पोल्ने
पिसाबमा रगत देखिने
क्षणक्षणमा पिसाब भइरहने
थोरै हिँड्दा पनि थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
कोखा दुख्ने, ज्वरो आउने
खानामा रुचि घट्ने
¬– पिँडौलाको मासु फर्किने
वाकवाकी लाग्ने
छाला सुख्खा हुने र चिलाउने
उच्च रक्तचाप हुने
रगतको मात्रा कम हुँदै जाने
महिनावारी समयमा नहुने
यौन रुचि घट्दै जाने
प्रजनन दरमा कमी आउने
ढाड र कम्मर दुख्ने
 कसरी हुन्छ प्रत्यारोपण ?
 मृगौला फेल भएपछि कि त नियमित डाइलसिस गराइरहनुपर्छ कि त मृगौला प्रत्यारोपण । यी दुई बाहेक अन्य विकल्प रहँदैनन् । मृगौला फेल भएका मानिसका लागि स्वस्थ मानिसका दुई वटामध्ये एउटा मृगौला झिकेर प्रत्यारोपण गरिन्छ । त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिस्ट डा. शाह भन्छिन्, ‘स्वस्थ मान्छेका दुई वटा मृगौलामध्ये शल्यक्रिया गरी एउटा मृगौला निकालिन्छ र त्यो मृगौला प्रत्यारोपण गर्ने व्यक्तिको दायाँ वा बायाँ साँप्राको माथि सानो पकेटबनाएर राखिन्छ । त्यो पकेटलाई बाहिरबाट छालाले छोप्ने गरी सिलाइएको हुन्छ ।  जसमा दुई वटा धमनी र आर्टरीको कनेक्सनसमेत गरिएको हुन्छ । जुसलाई बाहिरबाट छाम्दा समेत सजिलै महसुस गर्न सकिन्छ ।
 मृगौला प्रत्यारोपण सजिलै हुने भए पनि प्रत्यारोपण अघिको प्रक्रिया एकदमै झन्झटिलो र अव्यावहारिक छ । मृगौला प्रत्यारोपणका लागि नेपालको कानुनले नै केही कठिनाइ सृजना गरिदिएको छ । २०५५ सालमा आएको कानुनमा अङ्ग दान गर्नका लागि बुबाआमा, दाजुभाई, छोराछोरी, दिदीबहिनी, श्रीमान्श्रीमती र काकाकाकीलाई मात्रै छुट गरिएको छ । त्यसैगरी, दुर्घटना परी मृत्यु (दिमाख मात्रै मरेको अवस्था) भएका तर अन्य अङ्गले काम गरेको अवस्थामा ती व्यक्तिको परिवारसँग स्वीकृति लिएर दुवै मृगौला झिकी दुई जनालाई प्रत्यारोपण गर्न सकिन्छ । त्यसरी झिकेको मृगौला बढीमा ४८ घन्टाभित्र प्रत्यारोपण गरिसकेको हुनुपर्छ ।
 मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानुनबारे डा. काफ्ले भन्छन्, ‘२०५५ सालमा बनाइएको कानुन एकदमै अव्यावहारिक छ । अधिकांश व्यक्तिको मृगौला फेल हुने भनेको वंशाणुगत रोगका कारण हो । बाबुलाई मधुमेह वा उच्च रक्तचाप छ भने, सम्पूर्ण सन्तानलाई पनि हुन सक्छ । यदि, ती बाबुलाई मृगौला प्रत्यारोपण गर्नुप¥यो भने सन्तानले चाहेर पनि आफ्ना बाबुलाई मृगौला दान गर्न पाउँदैनन्,’ डा. काफ्लेको तर्क छ, बिरामीका साथी वा टाढाको आफन्तले मृगौला दान दिन किन नपाउने ?’

पत्थरी हुनवाट कसरी जोगीने ? जानी राख्नुस् ।

    पत्थरी हुनवाट कसरी जोगीने ? जानी राख्नुस्

बदलिँदो खानपान, पानीको कम सेवन तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम समस्या बन्दै गएको छ । उमेर छिप्पिएका धेरै मानिसहरु यो समस्याबाट ग्रसित छन् हाम्रो देशमा ।
व्यस्त जिवनशैली, व्यायमको अभाव,वदलीरहने खानपीन अनि पानीको कम सेवनवाट पत्थरी निम्तन सक्छ । विशेष गरि यो रोग उमेर ढल्किदै गरेको मनिषमा बढि देखा पर्ने गरेको छ ।

मृगौलाले रगत छानेर पिसाब बनाउने क्रममा प्रायः विभिन्न यौगिकका मणिभहरु पिसाबसँगै छानिन्छन् र ती मूत्रनली हुँदै पिसाबसँगै बाहिर निष्कासन हुन्छन् ।
जब त्यस्ता विभिन्न लवणका क्रिस्टलहरुको आकार ठूलो बन्दै जान्छ तब त्यस्ता पदार्थलाई मृगौलाले छान्न सक्दैन र ती मृगौलाका कोमल तन्तुहरुमा फस्दछन् र पत्थरीको रुपमा विकाश हुन्छन् ।
यसरी मृगौलामा पत्थरी परिसकेपछि त्यसको उपचार भनेकै त्यसलाई शल्यक्रिया गरेर फ्याँक्नु नै हो । त्यसैले पत्थरीको उपचार गर्नुभन्दा पत्थरी पर्नै नदिनु राम्रो हुन्छ । पत्थरीबाट जोगिनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । मृगौलाको पत्थरी रोक्ने केहि तरीका हरु यस्ता छन् ।

अक्जालेटयुक्त खाद्यपदार्थ कम सेवन गर्नुहोस्९ मृगौलाको पत्थरीमा क्याल्सियम अक्जालेट भन्ने यौगिक अत्यधिक हुन्छ । त्यसैले अक्जालिक अम्लयुक्त खाद्यपदार्थ मृगौलाका लागि हानिकारिक हुने विज्ञहरु बताउँछन् । त्यस्ता अक्जालिक खाद्यपदार्थहरुमा पालुंगोको साग, चिया, चकलेट, भटवासजन्य पदार्थ तथा चुकन्दर लगायतका पर्दछन् ।
 मासुजन्य प्रोटिन कम खानुहोस् जनावरको मासु तथा अण्डामा पाइने उच्च प्रोटिनले मृगौलाको पत्थर बनाउने क्रिस्टलहरुलाई एकैठाउँमा जम्मा हुन र थिग्रिन मद्धत गर्छ । पिसाबको अम्लपना बढ्ने र युरिक एसिडमा भएका तत्वहरुको खण्डीकरण कम हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । प्रोटिनका लागि मासु तथा अण्डा खानुभन्दा गेडागुडी खानु लाभदायी भएको वैज्ञानिकहरुको मत छ ।
कागती पानी वा सुन्तला मौसमको जुस नियमित रुपमा पिउनुहोस् । यस्ता अमिलो फलफूलको सेवनले पत्थरको निर्माण हुनबाट रोक्दछ । तर अंगुरको अत्यधिक सेवन भने जोखिमपूर्ण हुन्छ र यसले पत्थरीको जोखिम बढाउँछ ।
कफी कम पिउनुहोस् कफी तथा चियाको अत्यधिक सेवनले मृगौलाको पत्थरीको जोखिम बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
 गुलियो पेय पदार्थहरु कम पिउनुहोस् । बढि गुलियो पेय पिउँदा त्यसले मृगौलमा पत्थरीको जोखिम बढाउँछ ।
बढि अम्लीय खाना नखानुहोस् । अम्लीय तथा क्षारिय गुण भएका खाद्यपदार्थ सन्तुलित मात्रामा खानुपर्छ । खानामा हुने क्षारिय तत्वले पत्थरीको जोखिम घटाउँछ ।
क्याल्सियम युक्त खाद्यपदार्थ खानुहोस् तर क्याल्सियम चक्की वा औषधि होइन । हाम्रो खानामा पर्याप्त क्याल्सियमभ एन भने रगतमा अक्जालेटको मात्रा बढ्न जान्छ र त्यसले मृगौलामा पत्थरीको जोखिम बढ्छ । त्यसैले क्याल्सियम युक्त खाद्यपदार्थ जस्तै बदाम, ओखर सागपात जस्ता कुरा खानुहोस् । तर क्याल्सियम पाउनका लागि क्याल्सियम चक्की वा अन्य सप्लिमेन्टको प्रयोग गर्नु मृगौलाका लागि हानिकारक हुन्छ ।
 प्रसस्त तरल पदार्थ पिउनुहोस् दिनमा कम्तिमा पनि ८ गिलास पानी पिउनुहोस् । पानी प्रसस्त पाइने फलहरु जस्तै खरभुजा, सुन्तला र सागपात प्रसस्त सेवन गर्नुहोस् ।

नून कम खानुहोस् मृगौलाको पत्थरी भएका मानिसहरुलाई सोडियम भएका खाद्यपदार्थ कम खान सल्लाह दिइन्छ । पत्थरी भएकालाई मात्र नभएर पत्थरी हुनबाट जोगिन चाहनेका लागि समेत नुन कम खानु उपयुक्त हुन्छ । नूनको कम सेवनले मुटु तथा रक्तचाप सन्तुलनमा समेत सहयोग गर्छ ।

दम, टंसिल, भोक जगाउन, कफ जमेर गाह्रो भएमा ,स्त्रीको मासिक धर्म रोकिएमा एउटै अचुक उपाए : मह

दम, टंसिल, भोक जगाउन, कफ जमेर गाह्रो भएमा ,स्त्रीको मासिक धर्म रोकिएमा एउटै अचुक उपाए : मह

आयुर्वेदिक औषधीय गुण भएको  खाए पनि ठीक लाए पनि ठीकु बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् । राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।
अमलपित्तको रोगमा
फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहानरबेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।
रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
टंसिल भएमा
टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
अल्काई भएमा
एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहानबेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
घाँटी बसेमा
एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ ।
भोक जगाउन
१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
खोकी लागेमा
दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
कफ जमेर गाह्रो भएमा
फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।
स्त्रीको मासिक धर्म रोकिएमा
बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ । विकिपिडिया

Friday, April 8, 2016

दम रोगका १० तथ्य

     दम रोगका १० तथ्य

, विश्वभरी २३ करोड ५० लाख मानिस दमका बिमारी छन् ।
,दमका कारण मृत्यु हुनेको संख्या अबको १० वर्षमा बृद्धि हुनेछ । दम निको पार्न नसकिए पनि उचित हेरचाहले यसको रोकथाम गर्न सकिन्छ ।
, विकसित तथा अन्य मुलुकहरुमा पनि दम एउटा समस्या बनेको भए पनि ८० प्रतिशत मृत्यु कम र अल्पविकसित मुलुकमा हुने गरेको छ ।
, दम एउटा दीर्घरोग हो ।

,यसका लक्षणहरु दैनिक वा हप्तामा धेरै पटक देखिन सक्छन् । यसलाई समयमै पहिचान नगरिएमा मृत्युसमेत हुन सक्छ ।
, दमको औषधिको निरन्तरताले मृत्यु कम गर्न सकिन्छ ।
, दम बालबालिकाको एउटा साधारण समस्या हो । जसलाई उचित उपचारले रोकथाम पनि गर्न सकिन्छ ।
, दम हुने प्रमुख कारण घर भित्रको धुलो, बाहिरी वातावरण तथा चुरोटको धुँवा र धुलो नै हो ।
, दमका लक्षणहरु चिसो र उत्तेजनाका कारण देखिन्छन् ।
१०, दम धेरै कम पत्ता लाग्ने र कम उपचारका कारण परिवारमा टाउको दुखाइको बिषय बनेको छ 


थोरै खाना खाँने गर्दा पनि तौल बढिरहेको छ ? तपाईलाई थाइराइड पनि भएको हुन सक्छ , जुन रोग लागेको थाहै हुदैन

थोरै खाना खाँने गर्दा पनि तौल बढिरहेको छ ? तपाईलाई थाइराइड पनि भएको हुन सक्छ , जुन रोग लागेको थाहै हुदैन
थाइराइड भनेको एउटा ग्रन्थी हो ।यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी३० र ट्राइआयोडो थाइरोनीन टी४० हर्मोन उत्पादन गर्छ ।
सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण मेटाबोलिजम गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।
तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् ।

यदि थोरै खाना खाँने गर्दा पनि तौल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण अटो इम्युनले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन ।
अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैं निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ ।
थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।
यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण
अस्वाभाविक रूपमा तौल बढ्नु
गलगाँड आउनु ,तनावछिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव,कपाल झर्नु,छाला फुस्रो हुनु,मुटुको गति सुस्त हुनु,
चाँडो थकाई लाग्नु,मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमताचिसो लाग्नु,आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ ।

शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।
थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने 

हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।

कृत्रिम चीनीको प्रयोगबाट बच्ने
 बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
 आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
 बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
 सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
 अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।

 गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पु¥याउने ।

घाँटी बसेमा, दिशामा रगत देखा परेमा र घाऊ भएमा : तुलसी

घाँटी बसेमा, दिशामा रगत देखा परेमा र घाऊ भएमा : तुलसी
चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ। तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ्र तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन्।

धेरै दिशा लागेमा

,१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।
आउँ, शुल उठेमा
१०, १२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।
दिशामा रगत आएमा
,२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।
अल्काई भएमा
तुलसीको पात १०, १२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।
घाऊ भएमा
पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहानरबेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।
घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०,१२ पात तुलसी ४र५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २,३ मात्रामै ठीक भएर आउँछ ।

सास गन्हाउने समस्या छ ?यस्ता छन् घरेलु समाधानका उपाए ।

सास गन्हाउने समस्या छ ?यस्ता छन् घरेलु समाधानका उपाए ।

सास गन्हाउने समस्या वाट धेरै मान्छे पिडित हुन्छन् । सास गन्हाउने समस्या भएका मान्छे अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था र्सिजना हुन सक्छ । अरु व्याक्तिले पनि नराम्रो मान्ने हुदा निधक्क सँग अरुको संगत गर्न पनि गाह्रो हुन्छ ।
यसो त सास गन्हाउने समस्याको समाधाननै नभएको भने होइन । प्रसस्त पानी पिउने, नियमित दिनमा दुई चोटि खाना पछि दाँत माझ्ने, व्यायम र सन्तुलित भोजन गर्दा दातँ गन्हाउने समस्या बाट छुटकारा पाउन सकिन्छ । त्यस बाहेक अरु पनि छन् यस समस्याका समाधानका उपाएहरु


१. धनियाको पात

भोजन पछि धनियाको पात चपाउने गर्नाले सास फ्रेस हुन्छ र दुर्गन्ध हट्छ ।
२. पुदिना
पुदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी भुमिका खेल्दछ । तर पुदिनाको पात नियमित सेवन आवश्यक पर्दछ ।
३.सुकमेल
भोजन पछि एक सुकमेलको गेडा खाने बानी बसाल्न जरुरत छ, यस समस्याको समाधानको लागी एक गेडा सुकमेल करिब आधा घण्टा सम्म मुखमा राखेर विस्तारै चपाईरहनु पर्ने हुन्छ ।
४.ल्वाङ
ल्वाङ सास गन्हाउने समस्याको औषधी नभएर अरु धेरै रोगको पनि औषधी हो ल्वाङको प्रयोग दातको किरा मार्न र सर्दि भगाउन पनि निकै फाईदा जनक हुन्छ ।
५ अम्बा र अनार
अम्बाको मुन्टा (पात) र फल तथा अनारको फुल र फल ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै सास गन्हाउने समस्या बाट पनि छुटकारा दिलाउछ ।