थोरै
खाना खाँने गर्दा पनि तौल बढिरहेको छ ? तपाईलाई थाइराइड पनि भएको हुन सक्छ , जुन रोग लागेको थाहै हुदैन
थाइराइड भनेको एउटा ग्रन्थी हो ।यो
हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले
थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४०
हर्मोन उत्पादन गर्छ ।
सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको
क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण
मेटाबोलिजम गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।
तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न
हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले
प्रभावित भएको देखाउँछ । धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् ।
यदि थोरै खाना खाँने गर्दा पनि तौल बढिरहेको छ,
साना
साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक
पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले
अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी
उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई
हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण अटो इम्युनले हुने रोग हो
। यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन ।
अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं
रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड
हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैं निको भएर
जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ ।
थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि
हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा
एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग
बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ ।
यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास
रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।
यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि
थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक
हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका
युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा
थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण
अस्वाभाविक रूपमा तौल बढ्नु
गलगाँड आउनु ,तनाव, छिटो
छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव,कपाल झर्नु,छाला फुस्रो
हुनु,मुटुको गति सुस्त हुनु,
चाँडो थकाई लाग्नु,मुड छिनछिनमा
परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता, चिसो लाग्नु,आवाजमा
भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका
लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ ।
शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको
हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु
पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।
थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ
। थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा
उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल
लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन
घटाउन मद्दत गर्छ ।
कृत्रिम चीनीको प्रयोगबाट बच्ने
बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट
बच्ने र पोषणका औषधीहरु नखाने
आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन
गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक
छ ।
बन्दा, काउली, ब्रोकोली जस्ता
तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले
थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो
पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले
भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
गर्भवती महिलालाई प्रतिदिन २ सय २०
माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पु¥याउने
।
No comments:
Post a Comment